दाँया हेरे – बाँया हेरे, अनुहार त सबै गोरा
कपट्-कुटिल, असल्-भला, थरी थरी रुपरङ भा
गरौ न हो केही गरौ – देश लाई उठाउँ माथि
जिब्रो तिखो – भाषाण मिठो, कुटिल रैछन तिम्रा जुङ्गा
अतिभयो शाहनु कति? जता हेर्यो भद्रगोल छ
तिमीलाई त फापेकै छ गरीब रेट्ने भ्रस्ट चाला
युध्द्द पछी युध्दै हुन्छ, भाग निशेष छदै छैन
जहाँ पाप छ फलिफाप छ धुरी चडदा “कैलाश” पाउला
तेरो बोली कस्ले सुन्छ? उहा “हजुर” सधैं सही
भो आलोक नदेखे झै गर! सुकिलो दापमा सङीन र भाला
(अन्तरराष्ट्रिय साहित्य समाज जापानको छैटौ श्रृंखला)
