Skip to content


आमाको मुख हेर्ने दिन । किन भनिन्छ होला मुख हेर्ने दिन ? सायद यस कारण कि वर्षदिनभरि हामी आमाको मुखभन्दा उनले हामीप्रति गरेको माया र स्याहारलाई भोग्छौ, हेर्छौ । बाबा चिया पाक्यो उठ, बिहानको त्यो चियाको चुस्कीको मीठासमा आमा हुन्छिन्, स्कुल वा अफिस जाँदा समयमै तयार हुने खानाको स्वादमा आमा हुन्छिन्, जरुरतको सामान नमाग्दै बजारबाट घर पुगिसकेको सुलभतामा आमा हुन्छिन् अनि उच्चारण नै नगरी पूरा भएका मनका कति चाहनाको आकारमा हुन्छिन् । हाम्रो जीवनको हररंगमा, हाम्रो सुखको हरमाध्यममा आमा हुन्छिन्, आमा हाम्रो जीवनको अंग हुन्छिन् त्यसैले होला हामीले आमा पनि एक फरक व्यक्तित्व हो, उनको पनि मन हुन्छ । उनको पनि चित दुख्छ भन्ने हेक्का राख्न भुलिसकेका हुन्छौं । हामीलाई लाग्छ आमा त हाम्रो निम्ति बनेकी हुन्, उनले हामीलाई, हाम्रा इच्छालाई बुझेर काम गर्नुपर्छ । हाम्रो जीवनलाई हाम्रो हिसाबले बाँच्न छाडिदिनुपर्छ । आमाको चाहना पनि आफ्नो बच्चा आत्मनिर्भर होस्, स्वावलम्बी भएर शिर उठाएर बाँचोस् भन्ने नै हुन्छ जब बच्चा गलत संगत, गलत सेवनमा लाग्छ आमाको भक्कानो छुट्छ । एउटा माल्ाीले भर्खरै लग्ााएको बोटलाई कति जतन र प्र्रेमले हुर्काउँछ भने आमाले त हामीलाई नौ महिनासम्म अनेक सावधानी र पथपरहेज गरेर ज्ान्माएकी हुन्छिन् । चुरोटको धूवाँबाट परै बस्छिन् उनी, गलत खानपिन र लापरबाहीलाई आफ्नो नजिक पनि आउन दिन्नन्, आफ्नो जीवनलाई स्ान्तानको सहुलियतको आधारमा सहर्ष रूपान्तरित गर्छिन् आमा । तर त्यही बच्चा ठूलो भएर चुरोटको

धूवाँमा, नश्ााको लतमा आफ्नो जीवन अर्थहीन बनाउन थ्ााल्छ भने त्यो बेला आमाको कोख कति अपमानित भएको हुन्छ ।

आमाले सध्ौं हामीलाई बुभ्ेकी हुन्छिन् तर हामीले आमालाई बुझ्ेने समय नै पाउँदैनौं । जब जीवनको सफरमा आमाबाट टाढा भइन्छ, पढाइका लाग्ाि, कामको सिलसिलामा वा विभिन्न परिवेश र परिस्थितिमा, त्यो बेला आमा अस्तित्वको अर्थ थाहा हुन्छ, आमाको अनुपस्थिति खट्किन्छ । दिनचर्याहरू त्यति सहज हुँदैनन् किनकि त्यहाँ ‘थ्ााक्यौ बा बस’ भनेर एक गिलास पानी नमागेरै दिने आमा हुँदिनन्, मनको कुरा बुझेर रहर पूरा गरिदिने आमा हुँदिनन्, बाहिरी दुनियाको रिस बेढंगले ओराल्दा चुपचाप सुनिदिने कान हुँदैनन्, अभिभाराहरूले काँध थाक्दा एकछिन बाल्यकालमा र्फकेर रमाउन आमाको स्नेही काख हुँदैन । त्यो बेला पछुताएर भन्छ मनले आमालाई समयमै किन नबुझेको होला, त्यो हात जो सधैं हाम्रो सेवामा समर्पित थिए तिनलाई एकपटक पनि किन नचुमेको होला । हाम्रै निम्ति चिसो-तातोसँग खेल्दा फुटेका, चाउरिएका हातलाई हेरेर हामीले भनेका थ्ाियौं होला आमा तपाईंको हात लाजलाग्दो छ मेरो साथ्ाीहरूसामु नदेखाउनुहोला । हाम्रोनिम्ति राम्रो लुगा किनेर बजेट सकाएकी आमा जब पुरानै पहिरनमा स्कुल दिवसमा पुगेकी थिइन्, त्यो बेला हामीले भनेका थियौं होला, आमा के लगाएर आएको स्कुलमा मलाई लाज भयो । अनि जन्मदिनको दिन आमा हामीलाई मनपर्ने खाना पकाएर कुरेर बसेकी थिइन् होला तर हामी त साथ्ाीहरूसँगको टि्रटमा व्यस्त थियौं होला । समय ढल्दै जाँदा जब साथीहरू यत्रतत्र लाग्छन्, ज्ाीवनका अनुभवहरूले गम्भीरता ल्याउन थ्ााल्छ त्यो बेला मनले छटपटाएर भ्ान्छ, आमाको निसर्त साथ्ालाई बेवास्ता गरेर कुन मृगतृष्णाको खोजीमा निस्किएछु । ब्ााहिरी संसारलाई हेर्नु, यो संसारका राम्रा नराम्रा पाटासित साक्षात्कार गर्नु हरेक मानिसका लागि जरुरी हुन्छ । हरेक बच्चाले आमाको काखको न्यानोपनबाट निस्किएर बाहिरी दुनियाको घाम, पानी, हुरी, बतासको सामना गर्नैपर्छ, यो जीवनको सत्य हो तर हिँडदाहिँड्दै जब थ्ाकाइ लाग्छ त्यो बेला रहर हुन्छ कि आमाको जादुई हातले एकचोटि फेरि सुमसुमाए हुन्थ्यो ता कि थाकेको जिन्दगीले फेरि रफ्तार पाओस् । ज्ाब चोट लाग्दा स्वतस्फूर्त मुखबाट ‘आमा’ निस्किन्छ त्यो बेला इच्छा हुन्छ कि आमाले के भो बा भनिदिए हुन्थियो । न्ाभए कसैगरी समयलाई फर्काएर पुराना दिनहरूमा पुग्न पाए हुन्थ्यो । त्यसो गर्न सके सायद हामी आमालाई ठेस पुग्ने केही काम गदैनथ्यौं होला । उनका चरणकमलले जमिनको धूलो टेकोस् त्योभ्ान्दा अघि नै हामी आफ्ना हात थापिदिन्थ्यौं होला । उनका इच्छाहरूले हाम्रा रहरका अगाडि घुँडा टेक्नुभ्ान्दा पहिले नै हामी उनका चाहनालाई समय दिन्थ्यौं होला । समयलाई समयमै उपयोग गर्न सक्नुपर्छ, च्ाम्ात्कार नै भएर फेरि अर्को मौका पाए पनि के हामी आफूलाई बदल्न सक्छौं होला र ?

छोरा मेरो काखमा सुतिरहेको थियो, चिसो चिसो थ्ाियो, आमा न्यानो ओढना ओढेर कोठाभित्र पस्नुभयो, मैले आमासित त्यो ओढना मागें । आमाले बडो प्रेमले छोरालाई ओढनाको गर्मी र आफ्नो मायाको न्यानोपन दिनुभयो । आमा आमा हो । आमाले हाम्रोनिम्ति गरेको जति हामीले आमाका लागि कहिल्यै गर्न त सक्दैनौं तर हामीले आफ्नो जीवनलाई सही दिशा दियौं, समयको सदुपयोग गर्‍यौं र आफ्ना जिम्मेवारीहरूलाई राम्रोसँग पूरा गर्‍यौं भने केही हदसम्म मातृत्वको स्ाम्मान गरेको ठहर्नेछ ।

लेखक नेपाल मेडिकल कलेजकी लेक्चरर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *