Skip to content

शीर्षक के हो ? (मुना बैशाख २०६६)

  • by


रामु झोलालाई माया गर्दैनथ्यो । ऊ विद्यालयबाट घर पुगेपछि झोला फुत्त भुइँमा पछार्दथ्यो । एकदिन मात्र होइन, रामुले सधैं झोलालाई त्यसै गर्दथ्यो ।

रामुको यो क्रियाकलापबाट “झोला” निक्कै चिन्तित थियो तर झोला रामुसँग बोल्न सक्दैनथ्यो । आफू बोल्न नसकेकै कारण झोला रामुको क्रियाकलापलाई निरन्तर सहिरहेको थियो । नेपालीमा एउटा उखान छ – “अचानोको पीर खुकुरीले जान्दैन ।” हुन पनि झोलाको दुःख रामुले कहिल्यै सोचेन । उसलाई सोच्ने पनि फुर्सद भएन । रामुले झोला बोक्ने मात्र गर्दथ्यो । झोलाको मूल्य बुझेकै थिएन । उसलाई सधैं उसका बुबाले झोला किनेर ल्याइदिनु हुन्थ्यो ।

साँच्चै भन्ने हो भने झोला रामुको दिनभरको साथी थियो तर रामु झोलालाई दुश्मन जत्तिकै हेला गर्दथ्यो । रामुले आफूले दिनभर पढेर शिक्षा पाउने किताब-कपीलाई जतन गर्ने झोलाको महìव पटक्कै बुझेको थिएन । ऊ त झोलालाई सधैं लडाई-पल्टाई गर्दथ्यो ।

झोला रामुको यो चालचलनप्रति दिक्क त थियो तर विचरा ! झोलाले के गर्न सक्थ्यो र ? झोलाको रामुसँग बोल्ने कुनै भाषा नै थिएन ।

एकदिनको कुरा हो । रामु आˆनो गृहकार्य गरेको कपी-किताब बोकेर विद्यालय जाँदै थियो । झोलामा अन्य दिनको भन्दा बढी किताब-कपी भएका कारण ऊ झोला निक्कै झल्ट्याङ्ग-झल्टुङ्ग गर्दै बोकिरहेको थियो तर दुःखको कुरा झोला बाटैमा नराम्ररी चुँडियो । झोला भुईंमा खस्यो । किताब-कपी छरिबरी भयो । रामुले झोला बनाउने धेरै प्रयास गर्‍यो तर सकेन । रामुले त्यति धेरै किताब-कपी सँगालेर बोक्न पनि सकेन । उसलाई विद्यालय जान हतार भइरहेको थियो । रामु बाटोमा निक्कैबेर झोला बनाउने कार्यमा लाग्यो । झोला अझै बन्नसकेन । रामु निक्कै दुःखित भयो । उसले पुर्पुरोमा हात राखेर भन्यो – “हरे, कस्तो नराम्रो काम गरेछु । मैले कहिल्यै झोलालाई माया गरिन, त्यसैले आज कसैले नपाउने दुःख पाएँ ।” अब कसरी स्कुल जानु ?

यतिबेला आˆना क्रियाकलाप सम्झेर पछुताउनुबाहेक रामुका लागि केही विकल्प थिएन । उसको झोला धेरै ठाउँ च्यातिएकोले उसको सम्पूर्ण मिहिनेत खेर गयो । केही समयपछि रामुका साथीहरू त्यही बाटो हुँदै आइरहेका थिए ।

रामु पुर्पुरोमा हात राखेर झोक्राइरहेको थियो । रामु झोक्राइरहेको दृष्य देखेर साथीहरूले सोधे – “रामु तिमी किन झोक्राइरहेका छौ”, के भयो तिमीलाई ?

रामुलेजवाफ थियो । “हेर न – झोला चुँडिएर साह्रै दुःख पाएँ ।” रामुको अवस्था देखेर साथीहरूले भने – “लौ उठाऊ किताब-कपी हाम्रो झोलामा हालौँ, हामी स्कुलसम्म पुर्‍याइ दिउँला । बरु छिटो गर विद्यालय जान हतार भइसक्यो ।”

रामुको साथीहरूले रामुलाई ठूलो सहयोग गरे । यस घटनाबाट रामुले झोलाको महìव राम्ररी बुझ्यो । त्यस दिनदेखि रामुले राम्रो पाठ सिक्यो – झोलालाई जतन गर्नुपर्छ भन्ने ।

आजभोलि रामु झोलालाई अत्यन्त जतन गर्दछ । उसको झोला सफा र सुन्दर देखिन्छ । भनिन्छ नि – “अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ ।” नभन्दै रामु झोलालाई साथीलाई जस्तै माया गर्छ । ऊ भन्ने गर्छ – झोला मेरो विद्यालयको प्यारो साथी हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *