माया साँचै निर्दोष हुन्छन, दोषी आफैं बास्तबमा
सहीछाप नै लगाउन हुन्न, मायालुको प्रस्तावमा
एक दुइ पल नि गाह्रो हुन्छ, आफू एक्लै बाच्नु पर्दा
उक्सिएका रहरहरु, जबरजस्ती मार्नु पर्दा
खेलौना झैं मायालाई सोच्नु हुन्न वास्तबमा
सहीछाप नै लगाउन हुन्न, मायालुको प्रस्तावमा
सारंगीको साथै प्यारो, किन मन एक्लो हुँदा
मायालुकै तस्विर देख्छु, यताउती कोल्टे फेर्दा
बिलौना झैं मायालाई गाउन हुन्न वास्तबमा
सहीछाप नै लगाउन हुन्न, मायालुको प्रस्तावमा
शब्दः भरतबिशाल राई
संगीतः राई नबिन
स्वरः उदय सोताङ्
एल्बम: प्रस्ताब