जिउने रहर छँदाछँदै, जल्नु पर्यो ज्वाला सरि
पिउने रहर हुँदाहुँदै ढल्नु पर्यो रात सरि
जिन्दगी मेरो पलपलको श्राप भयो
जिउनु जल्नु,पिउनु ढल्नु,ब्यथाहरु बढ्दै गयोऽऽ
के के थियो गल्तीहरु, सारा मैले भुल्दै आंए
जान्दै पनि रातभरि, मातसरि पिंए
यस्तै रहेछ जिन्दगानी,भुल्नु पर्यो मायामारि
जिन्दगी मेरो………………………………..।
कहिले काहीं त जिन्दगीलाई उजाडउजाड बनाऊँ भनें
केही रमाईला क्षणहरुमा कहिले काहीं भुलाऊँ भनें
यस्तै भयो जिन्दगीलाई हिड्नु पर्यो आँखातरि
जिन्दगी मेरो…………………………………।।।
शब्दः—भरतबिशाल राई
संगीतः–नबिन तामाङ्ग
स्वरः—मनिला सोताङ्ग
एल्बमः—प्रस्ताब
