मैले बाटो फेरी सकें पत्र कोर्न छोड अब
पागलप्रेमी कति बन्छौ अन्तै पाइला मोड अब
बाचा कसम खाको भन्छौ मलाई भेट्नु पहिले होला
अतित बिर्सी हाँसेकी छु, झुटो नाता तोड अब
मलाई पनि पैलो भन्यौ उसलाई, त्यसलाई सबलाई पैलो
झुटो बोल्न छोडी देउ एउटा माया गोड अब
को चहि रोयो भन् तिमी नयाँ जीवन शुरु गर्दा
देउरालीलाई किन दोष आफै अतित छोड अब
लखनपुर ३ झापा, नेपाल
