तिमी मेरी भयौ अब म तिम्रो भएपछि
के नै बाँकी रह्यो सानु सँगै बेडरुम गएपछि
लेखान्त मै रहिछौ तिमी जबदेखि चाहेँ तिमीलाई
डोली सजाई आफ्नी बनाइ शिरमा सिन्दुर लाएपछि,
पँधेरामा कुरा काट्थे सनसनी थ्यो गाउँभरि
सबको मुख बन्द भयो तिमीलाई घरमा ल्याएपछि,
तिमी ठुलो जातकी सानु मचाहिँ सानो अनि गरिब
असम्भव नि सम्भव भयो तिमीले हात बढाएपछि,
तिर्थ(यात्री)पौडेल,
लखनपुर ३, झापा, नेपाल,
हाल: बहराइन
