गजल
बाच्नलाई मर्दा मर्दै तिस हिउद गने हजुर
ठिक्क पर्यो खुचिंग तिर्थे आफ्नाहरुले नै भने हजुर,
कहिले मरे खडेरीमा अनिकालमा महंगीमा
साहु काडी आफु पस्ने खाडल आफै खाने हजुर,
लाज छोप्ने धरो अनि, ओत लाग्ने आकास बाहेक
केहि छैन मेरो घरमा खोले फाडो खाने हजुर,
केहि न केहि त चाहिन्छ भन्छन परम्परा धान्नलाइ
आफ्नो भने कात्रो छैन, साँचै मर्दा लाने हजुर,
लखनपुर ३,झापा,नेपाल ,
हाल;बहराइन
