Skip to content

भावसमर्पण शहीदहरुप्रति

  • by

आज, तिम्रा रगतका थोपाहरु
मेरा सितारका तारहरुमा
छल्किरहेछन्…
म, मेरो अलपत्रे बाँसुरीमा
केवल तिमीलाई भर्न चाहान्छु…
तिम्रो एकथोपा रगतको बदला
मैले केही दिनुपर्दा
म, तिमीलाई
मेरो जनमभरको आँसु कैद गरेर
मेरो कविताका उत्कृष्ट भावहरुको
अर्घ दिन चाहान्छु

आज, तिम्रा रगतका थोपाहरु
मेरा सितारका तारहरुमा
छल्किरहेछन्…
म, मेरो अलपत्रे बाँसुरीमा
केवल तिमीलाई भर्न चाहान्छु…
तिम्रो एकथोपा रगतको बदला
मैले केही दिनुपर्दा
म, तिमीलाई
मेरो जनमभरको आँसु कैद गरेर
मेरो कविताका उत्कृष्ट भावहरुको
अर्घ दिन चाहान्छु
तिमी ती भावहरुमा
कवि रिमालको सपनामा जस्तै
हिउँ र आगोभन्दा पनि बढ्ता
छोइने भएर आइदिनू
म, मेरा कविताका उत्कृष्ट शब्दहरु
अर्पण गर्न चाहान्छु
तिमी ती शब्दहरुमा
नेपाली आकांक्षाको
उत्कृष्ट धुन बनेर बजिदिनू,
म, मेरा भविष्यका सारा वर्तमानहरु
तिमीलाई नै र्समर्पण गरिरहेछु….
तर कुन्नि किनहो !
तिम्रा अश्रुबुँदहरु
आज, मेरो आफ्नै आँखामा
छल्किरहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *