Skip to content


गैरी खेतको शीरै हान्यो
वर्षायामको दरौंदीले
नौनी जस्तो मेरो मन चिरा पार्यो
उसको रुपको करौंतीले

मर्स्याङ्दीमा जालै हान्यो
माझी दाइले आज
बिहानीमा देखें उसलाई
मात लाग्यो ताज

खोलापारी तारिदिने
तुइनोको फन्को
पहिले माया छुटाइहाल्यो
कलेजीमा रन्को

उसको माया ऐरोपैरो
सावनको भेल
माया भन्नु यस्तै रैछ
मनै चोर्ने खेल

शब्द – यादव खरेल
स्वर – आशा भोंसले
संगीत‍ – सम्भुजित बासकोटा
चलचित्र – प्रेमपिण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *