वि.सं. २०६१ मा ‘मनाङ गन्तव्य अभियान’ सञ्चालन भएका बेला बाटोघाटो, खानेबस्ने तथा शान्ति सुव्यवस्थाको अभावका कारण मुश्किलले ७० जना पर्यटकहरू मनाङ पुगेका थिए । अनन्त प्राकृतिक छटालाई आकर्षणको प्रमुख माध्यमका रूपमा उपयोग गर्दै स्थानीय जीवनस्तर उकास्न र स्थानीय गन्तव्यको प्रवर्द्धन गर्न मनाङ युवा समाजले मनाङ गन्तव्य अभियान आयोजना गरेको थियो ।
अभियानको क्रममा केवल प्रतिबन्धित ठाउहरू खुल्ला गरियो । पर्यटन प्रवर्द्धनका दीर्घकालीन तथा अल्पकालीन कुनै कार्य हुन सकेन, जुन अपेक्षा स्थानीयवासीले गरेको थिए ।
समाजका टि्रपल पी. गुरूङकै अगुवाइमा मनाङ चित्रकला यात्रा र प्रदर्शनीको आयोजना गरियो । यसले मनाङमा अवस्थित सम्पदा र तीनको आकर्षणलाई धेरै प्रकृतिप्रेमी माझ प्रगाढ प्रेम गास्न सफल रहृयो । मनाङका अनेकौ प्राकृतिक सम्पदाहरू अझै पनि ‘भर्जिन ल्याण्ड’ का रूपमा स्थापित छन् । संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल मुख्य आर्कषक छ । यहाबाट अन्नपूर्ण, मनास्लु, जुलु, चियो हिमालको सौन्दर्यलाई आखैको सामुन्ने स्पर्श गर्न सकिन्छ । नार र फूमा कस्तुरी र नावर भेटिन्छन् । विभिन्न जडीबुटी, फूल, पुतली र जैविक विविध मनाङ धनी छ । चारैतिरबाट हिमालले घेरेको विकट तर सुन्दर मनाङमा ताल, हिमाल, गुम्बा, बुद्धमन्त्र कुदिएका ढुङ्गा, चौरी झरनाले निकै धनी छ ।
ढुङ्गाका थुप्रो र पहाडीभीरमा बनाइएका घर र गुम्बाको बेग्लै आकर्षण छ । कहालीलाग्दा भीर, एकलासका ग्रामीण घर तथा सुनसान वातावरण मनाङका थप विशेषता हुन् ।
मनाङ सुन्दरता प्रकृतिको बरदान र पर्यटकीय गन्तव्यको थलो हो । त्यसैले त मनाङ यात्राको आकर्षण बेग्लै छ । पहाड, पाटन र हिमाली श्रृङ्खलाको लस्करमार्ग यहीा भेटिन्छ । दक्षिणतिर फर्किएर हिमाल हेर्नुको आनन्द पदयात्रीका लागि अविष्मरणीय हुने गर्दछ । हिमाल, हिमाली वातावरण, हिमाली हावाको सुगन्धले मन अनायसै प्रकृतिमा हराउन पुग्छ । लाग्छ, जीवन र प्रकृतिलाई बुझ्ने यो एउटा अवसर पनि हो ।
आधुनिक प्रविधिले उन्नतिको पराकाष्टामा पुगेको विश्वका लागि यो प्राकृतिक सौन्दर्य रहस्यको विषय हुन सक्तछ । थकित मस्तिष्कलाई आराम र उर्जा थप्ने माध्यम बन्न सक्तछ ।
मनाङमा रहादा शान्ति, सद्भाव र सकारात्मक विचारको भावहरू अनुगुञ्जित भइरहन्छन् । प्रकृतिको यो उचाइमा चिसो मन होइन न्यानो हार्दिकता भेटिन्छ । सदाबहार मुस्कानमा बग्रेल्ती दृश्यहरूले अत्याधुनिक प्रविधिलाई चुनौति दिादै आˆनो मौलिकता सुरक्षित राख्न र त्यसमा गर्वान्वित हुन प्रेरित गर्दछ । लाग्छ, कठिन यात्राको उपलब्धी भन्नु सकारात्मक सन्देशको अर्को प्राप्ति हो ।
पदयात्रीका लागि अनगिन्ती आकर्षणका भण्डार रहेको क्षेत्रले अब उपयुक्त अवसर पाउने आशा गर्न सकिन्छ । सरकारले नेपाली पर्यटनको सर्वाङ्गीण विकासका लागि विशेष कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले अपार प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग गर्दै पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने विषयलाई उच्च महत्त्व दिएको छ । स्वदेशी विदेशी पदयात्रीलाई यो खुसीको कुरा हो कि खेर गइरहेका सम्भावनाहरूको अब समुचित उपयोग हुने छ । हिमाली क्षेत्रको यात्रा र त्यहा पर्यटकहरूको आगमन बढाउन आवश्यक कार्यको थालनीले प्राकृतिक सौन्दर्यको महत्त्वलाई बढाउने आशा गर्न सकिन्छ ।
संयोगले आज ‘विश्व पर्यटन दिवस’ पनि परेको छ । देशले नवनिर्माणको खाका कोरिरहेका बेला पर्यटनमा क्रान्ति ल्याउने सरकारी योजना र प्रतिबद्धताको कार्यान्वयन जरुरी छ । विभिन्न ठाउामा नयाा पदयात्रा मार्ग खोल्न थालनी गरिने प्रक्रियाले स्थानीय बासिन्दा लगायत पदयात्री र पर्यटन व्यवसायीमा पनि उत्साह जागेको छ । अन्नपूर्ण क्षेत्र पदयात्रीका लागि ब्यस्त स्थल मानिन्छ । त्यहाा जान बाटोको असुबिधा छ । यसलाई ब्यवस्थित बनाउन सकिए मनाङमा पर्यटनको ओइरो लाग्ने पक्का छ ।
मनाङका सम्पदा र संस्कृतिका बारे विश्व लगभग अनभिज्ञ छ । फाट्टफुट्ट आउने पर्यटककै भरथेकमा हाम्रा सम्पदाले सम्मान पाएका छन् । स्थानीय वासिन्दाले त्यस वापत् आर्थिक लाभ हासिल गर्न सक्ने स्थिति पनि हुन सकेको छैन । बद्लिादो परिवेशमा आएको नया नेपालको नया बजेटले नवनिर्माणको खाका कोर्दै पर्यटन प्रवर्द्धनमा सकारात्मक परिवर्तन ल्याउन सक्यो भने नेपाल पनि ‘स्वीट्जरल्याण्ड’ को दाजोमा विश्वलाई लोभ्याउन सक्ने हैसियत स्थापित गर्न सक्ने छ ।
