Skip to content

जापानी साहित्यमा ताङ्काको ईतिहास सुरूवात

20131020_KabiLimbuAansu_01


६००- ७०० औं शताब्दी तीर भएको पाइन्छ तर कसले सुरूवात गरेका हुन अँझै रहस्यमय रूपमै रहेको हनाले ताङ्कालाई अाधुनिक साहित्यको रूपमा काकिनोमोतो हितोमारो [ 柿本 人麻呂 ]ले नयाँ ढाँचा दिएका हुन । जापानी भाषामा (नारा जिदाइ) ७१०-७९४ औं शताब्दी तीर ताङ्काले निकै चर्चा लिएको पाइन्छ ।

जुन समय अतिनै चर्चामा आएको जापानी कविता :-

भो छोड शोक
विद्रोही झै सेवक
तिम्रो प्रयास
खिचाँईको म एक्लो
सर्वहारा मान्छे हु ।

१= ताङ्का के हो ?

ताङ्का जापानी साहित्यको विधा मध्ये हाईकु पछिको छोटो र निक्कै लोक प्रिय गीति कविता हो । हेयान जिदाइ [ ७९४-११९२ ] औं शताब्दीमा अतिनै चर्चा पाएको हुनाले आधुनिक जमाना २१ औं शताब्दीमा आएर पनि कुनै फेरबदल भएको पाइन्न् । हाल संसारका धेरै राष्ट्रहरूमा ताङ्का अनलाइन वेभःसाईट तथा साहित्य विधाको रूपमा लिएको पाइन्छ ।

बिशेष गरी जापान पछिको राष्ट्रहरूमा अमेरीका, बेलायत तथा अन्य देशका साहित्यकारहरूले निक्कै मार्मिक ढंगमा लेख्ने गरेको पाइन्छ । र यस्को सकारात्मक असर

नेपाली साहित्य जगतमा पनि केही साहित्यकार कवि/ कवयित्रीहरूले थोरै – थोरै मात्रामा लेख्ने गरेको पाइन्छ ।

ताङ्काको सुरूवात हुनु अघि दुई महत्वपूर्ण विधाहरू छन । ती हुन (सेदोका र चोका) यी दुई विधाका शुत्रबाट मिश्रण गरेर ताङ्काको उत्पति भएको मानिन्छ । यस्का जन्म दाता को हुन जापानी ईतिहाँशको पानामा अँझै इस्प्रष्ट हुनसकेको छैन । तर यस्लाई (नारा जिदाइमा) काकिनोमोतो हितोमारोबाट नयाँ शैलीमा लेखि निक्कै चर्चा पाएको भने ईतिहाँशको पानामा अबस्य भेटिन्छ । ताङ्कालाई बिभिन्न तरिकाहरूबाट लेख्न सकिन्छ जस्तै :- माया, प्रेम, बर्तमानमा घटिरहेको घटनाहरूलाई समेटेर, आदि आदी…. केवल ती सबै शब्दहरू प्रत्येक शुत्रमा समेटिएको हुनुपर्छ अन्यथा शुत्रमा नभए पूर्ण ताङ्काको रूप हुन सक्दैन ।

२= ताङ्का कसरी लेख्ने ?

५ हरफमा लेखिने यो ताङ्का ३१ अक्षरले पूर्ण रूप लिन्छ ।

१:- पाँच अक्षरको
२:- सात अक्षरको
३:- पाँच अक्षरको
४:- सात अक्षरको
५:- सात अक्षरको

सारांश :- ५-७-५ + ७-७ = ३१

उदाहरण :- मेई जिदाइका चर्चित कवि मासाओका सिकीका [ 正岡子規 ] कविताबाट :-

सेतो वालुवा=२+३=५
पूलको सानो टापू= ३+२+२=७
पूर्वी समुद्र = २+३=५
उत्तेजित आँसुले = ४+३=७
म खेल्दैछु गोट्टी भै = १+३+२+१=७

मेई जिदाइ [ १८६८-१९१२ ] चर्चित कवयित्री योसिनो आकिको [ 与謝野晶子 ] को केही कविताको अंश:

१,

मेरा ती गीत= २+१+२=५
मान्छेको सोचाइ मैं = ३+३+१=७
भर्न सक्दिन= २+३=५
मेरो आत्मा पौडन्छ= २+२+३=७
एक क्षण गाउदा= २+२+३=७

२,

अंधेरी रात= ३+२=५
जन्झिरको लगाम= ४+३=७
जो देख्ने गर्छ= १+२+२=५
मलाई खबर दे= ३+३+१=७
किनकि उत्सुक्ता छ= ३+३+१=७

नारा जिदाइका चर्चित कवि यामावे नो आकानितोका [ 山部 赤人 ] केही ताङ्काका हरफहरू :-

तिम्रो सोचाइ
पछाडि घर राखे
सेतो बालुवा
उच्चाई हिमालको
हिऊँ परिरहन्छ ।

नोट :- [ बिशेष गरी होम सुवेदीजी को अनुरोधमा मैले लेख्ने प्रयास गरेको हु ! म पनि ताङ्का बिधामा अँझै दुधे बालक नै भएको हुनाले माथिका उल्लेखित शब्दहरूमा केही कमि कम्जोरी भएमा क्षमा चाहान्छु । जहाँसम्म मैले पाएको अनुभवको आधारमा ताङ्का बिधा प्रति एउटा सानो रूप प्रस्तुत गरेको हु । जिज्ञासा राख्नुहुने साहित्य प्रेमी मित्रहरूले कमि-कम्जोरीमा (कमेन्ट) राखीदिनहुन अनुरोध गर्दछु ] ।

1 thought on “जापानी साहित्यमा ताङ्काको ईतिहास सुरूवात”

Leave a Reply

Your email address will not be published. Required fields are marked *