Skip to content

सिमसारे कमलको फूल तिमी

तिमी एउटा कमलको फुल
सारा धरातल छाडेर कतै सिमसारमा
ढकमक्क फुलेको शोभायमान फुल
हरेक मानवीय दृष्टिकोण
हिलैमा फुलेर होला
त्यसैले एउटा सकरात्मक सोच बनेको छ ।
म पनि सोच्ने गर्थे
तिम्रो सुन्दरतामा कसैले पनि प्रश्नचिन्ह गर्लान कि?
तिम्रो निवास हिलो मैलो भए पनि
अनि तिमीमा, निराशा, उदासी, आँसु दुःख
यी सब अफवाह मात्रै हुन्
तिम्रा संघर्षका कारण होला अन्ततः
जीवनमा सुख केवल क्षणिक हुन्छ
जीवन दुःखमा नै सामेल हुन्छ र हुदै रहनेछ ।
तिमी हरेक ज्वारभाटाहरू खपेर
सुखको प्रवाह र अपेक्षा बिना नै स्वकृतिका साथ
अत्यधिक सन्तोषका साथ अनुमति लिदै
किच्चडमै कामयावी र सुन्दर बन्नुपर्थ्यो
तिमी कमलको फुल हरतरहले ।
मैले कहिल्यै नझुक्किने ऐनामा हेरें तिमीलाई
साच्चै तिमी कति सुन्दर छौ भनेर
वास्तविकता फरक पो भेटे
न तिमी पानीमा तैरिन सक्यौ
न तिमी माटो मै फुल्न सक्यौ
किन माटो र पानीको समिश्रण तिमीलाई?
कतै तिमी चतुर बनेकी त होइनौ?
तिमी फुल्ने हिलोमा पनि
अब त दुर्गन्धका बयस्कहरू झुल्न लागेछन्
तिम्रो रूपका बर्णन गर्नेहरू पनि
विस्तारै सिमसार छाडेर बस्तीहरूमा प्रलय हुदैछन्
किन तिमीमा कमल फुलेको घमण्ड
वास्तवमै कमल तिमी हौ भने
तिमीमा किन कोमलताको ज्ञान भएन?
सक्छौ भने एक पटक बनेर हेर
शालिनतासँगको पारस्परिक भीडहरूसँगै
तिम्रो नाउँमा के त्यस्तो रहस्य छ?
कयौं पटक कमल र फुलहरूको तुलनामा
म बारम्बार बाजी हारिसकेको छु
तिमीले हिलोसँग लगाएको प्रेम भन्दा
मैले तिमीसँग लगाएको प्रेम नै उत्तम छ
फेरि पनि तिमीले सिमसार नै किन रोज्यौ?
अझै पनि तिमी हिलो छाडेर
मेरो बस्तीमा बसाईं आउने हो कि खै . . . .?

Leave a Reply

Your email address will not be published. Required fields are marked *