बीच्च छातीबाटै चल्छ अचेल अविरल ओझेल गजल युवामञ्च २०६८ माघ by ksApril 1, 2012 बीच्च छातीबाटै चल्छ अचेल तीर त साथीबाटै चल्छ अचेल । ‘टेबुलमुनि’ भन्दै के डराको टेबुलमाथिबाटै चल्छ अचेल । छोरो विदेश गाको निक्कै भयो घरबार नातिबाटै चल्छ अचेल । सके फूल टिपेर चढाइदिनू नत्र पातीबाटै चल्छ अचेल । – काभ्रे युवामञ्च २०६८ माघ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ