Skip to content

दुई मुक्तक (फिकाजस्तो, भीर हुन्न)

  • by


गल्ती नहोला भन्न तिमीलाई दीपको शिखाजस्तो
पूर्णेको निधारमा खुल्ने एउटा राम्रो टीकाजस्तो
जब पुग्दैन साहस कुनै तरुनीको दाँजिन तिम्रो रूपसँग
तब लाग्छ मलाई सारा संसार नै फिकाफिकाजस्तो ।

त्यो नयन के नयन जुन नयनमा नीर हुन्न
त्यो मन के मन जुन मनमा पीर हुन्न
सुख सयलको मात्र चाहना गर्ने हो भन्ने
त्यो जीवन के जीवन जुन जीवनमा भीर हुन्न ।

युवामञ्च २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *