Skip to content


खरिदार रामनाथले आफ्नो विवाह गर्दा ससुरालीबाट दाइजो स्वरुप आएको मोटरसाइकल चढेर कार्यालयमा जाने गर्थ्यो । आफ्नो श्रीमतीको माइतीले दिएको मोटरसाइकल चढ्न पाएपछि उसले आफूसँगै काम गर्ने सुब्बासाहेब भरतप्रसादलाई होच्याउदै भन्यो “सुब्बासाहेब हजुरले पनि भोलिदेखि मोटरसाइकल चढेर आउनु पर्यो ।” “मोटरसाइकल किन्ने क्षमता मसँग छैन मैले मोटरसाइकल चलाउन पनि सक्दिन” भरतप्रसादले भने । “हजुर जस्तो काठमाडौंमा घर भएको सुब्बासाहेबले मोटरसाइकल चलाउनु भएन भने त हजुरको इज्जत नै हुँदैन नि” रामनाथले भने । “मोटरसाइकल चलाएर इज्जत बढ्ने भए हाम्रो हाकिमसाहेबले पनि त सधैँ मोटरसाइकल चलाएर अफिस आउनु हुन्थ्यो नि किन त हाम्रो हाकिम साहेब ड्राइभरले चलाएको सरकारी गाडीमा चढेर आउनु भयो त” सुब्बासाहेब भरतप्रसादले भने ।

केही समय बितेपछि रामनाथको सन्तान थपिन पुग्यो र खर्च बढ्न थाल्यो । खर्च बढ्न थालेपछि वाध्यतावश मोटरसाइकल बेच्नै पर्ने भयो । मोटरसाइकल सेकेण्ड हायण्डको मूल्यमा उसले पैसाको अभावले विक्री गर्यो । त्यसपछि कार्यालय हिँडेर जान थाल्यो । कार्यालयमा हिँडेर जान थालेपछि भरतप्रसादले “आज मोटरसाइकलमा किन आउनु भएन नि” भनेर सोध्यो । “मोटरसाइकल हिजो म विशालबजारभित्र परिवारलाई लिएर सामान किन्न जाँदा बाहिर राखेको थिए चोरी भएछ” भनेर रामनाथले अध्यारो अनुहार पार्दै भन्यो ।

अरुणबहादुर खत्री “नदी”

सामाखुशी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
मोबाइल ९८४१७९७६६४

Leave a Reply

Your email address will not be published. Required fields are marked *