Skip to content

संविधान लेख्ने कलम बन्न बाँकी नै छ


संविधान लेख्ने कलम बन्न बाँकी नै छ
कति कति माग रैछ गन्न बाँकी नै छ ।।

सभासदको पद पाएँ, भत्ता खान पाएँ
भन्दै बसे म्याद अझै टन्न बाँकी नै छ ।।

घुम्दा घुम्दै अबेर भयो जब पर्‍यो रात
एक पल्टलाई म्याद सर्‍यो भन्न बाँकी नै छ ।।

झुठा मात्रै कुरा गर्यौ जनताका सामू
आफैं खस्ने खाल्डो अझै खन्न बाँकी नै छ ।।

2 thoughts on “संविधान लेख्ने कलम बन्न बाँकी नै छ”

  1. सृजनाजी अब नेपालमा राट्रभक्ति गजल
    सृजनाजी अब नेपालमा राट्रभक्ति गजल होइन प्रेम भक्ति गजलको खाँचो छ ।

  2. संविधान लेख्ने कलम बन्न
    समसामयिक विषय अनि सुन्दर र सरल शब्दहरूले गर्दा होला तपाईँका रचनाहरूले व्यापक फेसबुक-लाइक पाउँछन् । लेख्तै जानुहोला ।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *