Skip to content


कि त रुवाइदिन्छ मायाले
कि त हँसाइदिन्छ मायाले
मनमा मायालुको तस्बिर
कि त बसाइदिन्छ मायाले ।

कि त उडाइदिन्छ मायाले
कि त खसाइदिन्छ मायाले
अपार जञ्जालको बीचमा
कि त फसाइदिन्छ मायाले ।

कि त छुटाइदिन्छ मायाले
कि त टसाइदिन्छ मायाले
घरि स्वर्ग घरि नर्कभित्र
कि त पसाइदिन्छ मायाले ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *