Skip to content


कति आनन्द र सुन्दर घर थियो ! ५ जनाको परिवार, सानैमा बुबाको स्वर्गे भए पनि आमा र दिदीले बुनूलाई राम्रोसँग हुर्काइपढाइ दिएका थिए । जब बुनू २२ वर्षकी भइन् घरमा विवाहको कुरा चल्न थाल्यो तर उसलाई पटक्कै विवाह गर्ने मन थिएन । क्याम्पस पढ्दै स्कुलमा नोकरी गर्दै पछि समाज सेवातर्फ लाग्ने विचार थियो तर उनको कुनै सुनुवाई भएन बुनूका आकाङ्क्षा चुँडाइए ।

केटा पनि पढे लेखेको सम्पन्न नै थियो समयअनुसार बुनूलाई घरपरिवार सबैले माया ममता गर्दथे बुनू पनि घरवारी र पति सुरेशलाई माया गर्थिन् बुनू र सुरेशको जोडी देख्दा सबै जना तारीफ गदर्थे समय क्रममा सुरेशले काठमाडौँमा बसेर व्यापार गर्ने विचार गर्‍यो त्यसमा बुनूले पनि सहमति जनाइन् र दुवैजना सहर पसे केही समयमा नै उनीहरूले राम्रो आम्दानी गर्नथाले दुवैजना धेरै सुखी देखिन्थे एकदिन बुनू विशेष कामले माइती आएको बखतमा सुरेशलाई ब्लड प्रेसरले सताएछ बुनूलाई थाहै दिएन वंशाणुगत रोग ।

बुनूले एक छोराको जन्म दिई घरमा खुसीको त सीमा नै भएन सबैजना हाँसीखुसी लड्डु बाँड्दै धूमधामसाथ नाचगान नै गर्न थाले छोरा पनि हुर्कदै आयो र सानो परिवार भएकोले आफ्नैँं गाउँ सिन्धुपाल्चोकमा नै बस्ने निधो गरे सुरेश र बुनूले ।

विस्तारै विस्तारै व्यापार सुरू गरे उनीहरूले अचानक सुरेशलाई एकदिन हृदयाघात भयो र १० मिनेट मै उनी स्वर्गे भए । के रोगले देहावसान भयो भन्ने कुरा बुनूलाई र अरू धेरैलाई थाहा नै भएन । यत्रो बज्रपात सहने क्षमता बुनूमा भएन र उनी बेहोस हुन पुग्छिन् र सबैजना मिलेर अस्पताल भर्ना गर्छन् । जब होसमा आएन उनले सोध्न थालिन्, ‘सुरेश खोई ?’ यस्तै ४/५ दिनसम्म बेहोसमै दिन काट्दै गइन् । उनी विस्तारै साथीभाइ र माइतीबाट आमा दिदीदाजु र सानी आमाहरूले सम्झाउँदै बुझाउँदै गएपछि बुनूले मनलाई विस्तारै विस्तारै सम्हाल्न थालिन काखको ३ वर्षको छोरालाई नियाल्दै ठूलो सास फेर्दै आफ्नो काँधमा ठूलो जिम्मेदारी बोक्दै दिन गन्न थालिन् तोते बोलीको छोराले सधैँ बाबा खोई ? बाबा कहिले आउनुहुन्छ ? कहाँ जानु भएको ? मलाई नाना पापा कहिले ल्याइ दिनुहुन्छ ? आदि आदि कुराले बुनूलाई दुखेको मनमा झन् नुन छर्केको आभास हुन्छ । छोराको पालनपोषण, शिक्षा दीक्षा समाज परिवारसँग कसरी मिलेर बस्ने आदि कुराले बुनूको आँखामा आँशु कहिले खाली भएन । छलकपटको भावना भनेको कहिले पनि कल्पनासम्म पनि नगर्ने बुनूलाई सासूससुराले छोराको मृत्युको जिम्मेवार बुनूलाई लगाउन थाले यो कस्तो अन्याय र विडम्बना छोरा हुन्जेल बुहारीलाई आफ्नो छोरीको जस्तो व्यवहार दिने तर मृत्युपछि सारा अपजस बुहारीमाथि लगाउने ?

सुरेशलाई अंशवापत मूलसडक छेउको जग्गामा बनेको घर आमा बाबुको शेषपछि पाउने भनेर पास गरी दिएका रहेछन् । ४ जना दाजुभाइमध्ये सुरेश साहिलो छोरो थियो ।

सुरेश अलि हक्की स्वभावको साथीभाइ आफन्तहरूलाई कुनै समस्या आपतबिपतमा सहयोग गर्ने भावनाको थियो । साथीभाइको आँखाको नानी नै थियो । तीनजना दाइभाइलाई छुट्टाछुट्टै मेनरोडको घर आफ्ना अफ्ना नाममा एक/एक वटा पास गरिदिइसकेको थियो । सुरेशलाई मात्र शेषपछिको पास गरिदिएछन् । पछि त्यही घरसमेत तीनजना दाइभाइलाई सुटुक्कै पास गरिदिएछन । यो कुरा बुनूलाई थाहा भएन । यसरी साहिँली बुहारी अर्थात् बुनूलाई परिवारले एकपछि अर्को गर्दै व्यवहारिक रूपले एक्लाइएको कुरा एक कान दुई कान मैदान बन्यो असह्य पीडा र मर्मबीच एकदिन बुनूले सासूससुरालाई सोधिन्, हैन तपाईँहरूलाई मेरो वास्ता नभए पनि आफ्नो नातिको त माया लाग्नु पर्दैन ? बुनूको कुरा सुनेपछि ससुरा चाहिँले जवाफ दिए जब हामीसँग हामै्र छोरा छैन भने तँ र तेरो छोराको के काम ? तब बुनूले भनिन्, हेर्नुस् कुनैबेला त तपाईँहरू मलाई आफ्नै छोरी भन्नुहुथ्यो नि । ती दिन बिर्सनु भयो ? यसपटक चाहिँ सासूले जवाफ फर्काइन् ‘अझ बढ्ता बोल्छेस्, तँलाई त्यही छोरी मानेर त कुरा बिग्रेको हो । तँ वास्तवमा बुहारी नै रहेछिस् । तलाईँ थाहा छैन कहिले बुहारीको पालो त कहिले सासूको पालो हुन्छ भनिन्छ । तँ तेरा पालो कुरेर बस मेरा पालोमा तैँले यही सहनै पर्छ ।

बुनूले सासूको कुरो सुनेर आफ्नो सानो छोरामाथि दृष्टि पुर्‍याई । अनि सोची भोलि मेरो पनि बुहारी आउने छे के यसरी नै यो रीत चल्नु ठीक हो ?

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *