तिमीबिना सुन्य लाग्ने शहरसँगै रोएँ
सम्झनका मिठा मिठा लहरसँगै रोएँ
दिन कट्थे जसो तसो साँझ हुन्थ्योँ गाह्रो
झस्किने ती हर रातका प्रहरसँगै रोएँ
मिर्मिरेमै शुरु हुन्थ्यो दर्द् पूर्ण कथा
झाङ्गिएका जिन्दगीका रहरसँगै रोएँ
अन्तिम् ईच्छा लेख्नु थियो चिट्ठी भित्र गजल
नसक्दा पो गजलको बहरसँगै रोएँ
उराठ लाग्यो यो धर्तीमा त्यसैले पो बाँच्न
मर्नु अघि एकै छिन जहरसँगै रोएँ
स्थाई घर अर्जुन चौपारी ४
स्याङ्जाली रमेश
हाल : मरुभूमिको छातीबाट
