Skip to content

माया गरी हृदयभरि तिमीलाई नै सजाएथेँ

  • by


माया गरी हृदयभरि तिमीलाई नै सजाएथेँ
औंला काटी रगतले सिउदो तिम्रो रङ्गाएथेँ

सङ्गै जिउने मर्ने कसम तिमीले तोडिदियौ
केही बर्ष टाढा हुदा बाटो तिमीले मोडिदियौ
तिम्रो लागि सुन्दर एउटा घर मैले बनाएथेँ
औला काटी रगतले सिउदो तिम्रो रङ्गाएथेँ
माया गरि हृदयभरि………..

मुटुभरि पीडा बोकी बाँच्नु अब चाह छैन
पर्देशबाट फर्किन्छु या फर्किन्न थाह छैन
धन कमाई सुख दिने कसम मैले खाएथेँ
औला काटी रगतले सिउदो तिम्रो रङ्गाएथेँ
माया गरि हृदयभरि……………

गुनासो छैन तिमी यौवनमा मात या मदिरामा झुम
केही रुपिया पठाएको छु तिमी हजारौ पटक चुम
अजम्बरी जन्मौ जन्म माया तिमीलाई लाएथेँ
औला काटी रगतले सिउदो तिम्रो रङ्गाएथेँ

माया गरी हृदयभरि तिमीलाई नै सजाएथेँ
औला काटी रगतले सिउदो तिम्रो रङ्गाएथेँ
माया गरी हृदयभरि……………

राज वाइवा
दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *