आज मेरो मन
किन हो कुन्नि
देशको चिन्ताले
दुखिरहेछ
प्रत्येक दिन बिहान
शान्तिका प्रतिक परेवा
मेरो घरको कौसीमा
उडेर आइरहन्छ
म परेवालाई चामल लगेर
छरिदिन्छु कौसीमा
परेवाले चामल खान पाएपछि
देशको अशान्ति हराउँछ कि
भन्ने आशामा मैले
डुबुल्की मारिरहन्छु सधैंभरि नै
यो देशको चिन्ताले
मेरो मन दुखिरहन्छ
विभिन्न ताजा समाचार छाप्ने
पत्रपत्रिकाले देशमा शान्ति
छाएको समाचार कहिले
पढ्न पाउछु होला भनेर
मैले आँखा गाडिरहन्छु ।
अरुणबहादुर खत्री ‘नदी’
सामाखुसी मार्ग, ९३५/५४
काठमाडौं-३
९८४१७९७६६४
