कर्म गरी अघि बढे धर्म हुन्छ जान
सबै भन्दा उत्तम हो सत्कर्मको दान
अति अनि अत्याचार रोक्न सक्नु पर्दछ
थिचोमिचो गरि हिड्ने अत्याचारी ठान
चाहे रोज सुन चाँदी चाहे हीरा मोती
अति मीठो आखिरीमा स्वेदफल खान
अति भन्दा अति लिप्सा कहीँ गर्न हुन्न
दान माथी महादान हुन्छ अपमान
सत्य हो संसारमा आउनु जानु पर्छ
कर्मकर्तु छोडी जानु केही छैन लान
सदानन्द अभागी
