दिनपछि सधैं यहाँ साँझ पर्ने किन हो बा ?
अँध्यारो भै प्रकृतिले घात गर्ने किन हो बा ?
थाकेका छौ आज धेरै चुप्चाप छौ त्यसैले त
भोकै सुत्छौ मेरो चाहिँ पेट भर्ने किन हो बा ?
पल्लाघरे ठुले जस्तै काम् नगरे हुदैन र ?
मिर्मिरेमै हलो बोकी बेशी झर्ने किन हो बा ?
हावा हुरी झरीसँग लाग्दैन डर कत्ति पनि ?
उर्लेको त्यो आँधिखोला एक्लै तर्ने किन हो बा ?
अजम्बरी छैन कोही कतिन्जेल दु:ख गर्छौ ?
बुढो भई काका जस्तै सबै मर्ने किन हो बा ?
अबुझ छु जान्न खोजे जवाफ यौटा दिदैनौ त ?
नजिकै थ्यौँ आँशु झार्दै पर सर्ने किन हो बा ?
स्याङ्जाली रमेश
अर्जुनचौपारी ४ स्याङ्गजा
हाल – मरुभूमिको छातीबाट

superv….ekdam man
superv….ekdam man paryo..sayad bulbulma pani suneko thiye maile..
superv….malai ati
superv….malai ati manparyoo…sayad bulbulma pani suneko thiye yehi gazal …