Skip to content

तिमी साँझ जब हेर्छौ

  • by
PrakashManiKhanal


तिमी साँझ जब हेर्छौ जुन पाउछौ
जवानी गजब मोती हुन पाउछौ ।।१।।

नदेखेर जब साथी मन रागमा
बजाएर सुन आफैं धुन पाउछौ ।।२।।

मलाई नभन मान्छे कुन जातको
कटाएर भन तिम्रो खुन पाउछौ ।।३।।

पिएको छ मन मस्ती हर रातमा
गरेमा जगतमा याँ रुन पाउछौ ।।४।।

नियालेर आत्मा सुविचारमा
परिश्रम गर आफैं सुन पाउछौ ।।५।।

छन्द -सलामी,
ISS III SSI ISI S,

प्रकाशमणि खनाल
झापा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *