कहिले कहाँ के हुने हो जान्नु मैले कसो गरी ?
कुन आफ्नो को बिरानो छान्नु मैले कसो गरी ?
सल्लाह त सबै दिन्छन् सुन्दा सुन्दा थकित भएँ
सुने जति सबै कुरा मान्नु मैले कसो गरी ?
साँचो हो कि झुठो कुरो चिन्नलाई गाह्रो भयो
सोर्है आना साँचो पनि ठान्नु मैले कसो गरी ?
यता आऊँ उता अरे उता गए यता भन्छन्
यि सबैको हानाथाप धान्नु मैले कसो गरी ?
बाघ, भालु मात्र छन् रे सिंहदरबारभित्र
भित्र पसी शान्ति अब तान्नु मैले कसो गरी ?

साह्रै राम्रो लाग्यो
कति सरल लेखाइ । साह्रै राम्रो लाग्यो । मलाइ यस्तै लेखाइ मनपर्छ । छलछाम र अनावश्यक श्रंगाररहित, सलल बगेको । यात्रा संस्मरणलाई तस्बिरले न्याय गरका छन् । कसो कसो गरेर पेजमा पुगियो । पढियो । लेखिरहनोस । अझ धेरै पढ्न मिलोस् है

bishnuthapa67@gmail.com
Congratulation
It is so good, congratulation.
Congratulation
It is so good, congratulation.
सारै राम्रो गजल क्या बात
सारै राम्रो गजल क्या बात क्या बात ………..
सृजना त साह्रै मिठो
सृजना जी,
तपाई को सृजना त साह्रै मिठो लाग्यो। गजल सिक्न तपाईलाई गुरु थाप्न आउनु पर्ला जस्तो छ।
नेपालि, विश्व साहित्य आकाशमा तपाईको नामको तारा चम्कियोस्, तपाईले लेखनलाई निरन्तरता दिनुहोला भन्ने अनुरोध सहित..
….. गौरभ
राम्रो छ,
गजलकार; सृजना न्यौपाने !
तपाईंको गजल राम्रो छ | अझै राम्रा राम्रा रचनाहरू पढ्न पाउं |
धन्यवाद ! ! !