समयले पल्टा खाएपछि
(नारायणहिटीदरबार सङ्ग्रहालयको मूल ढोकामा सम्पन्न कविगोष्ठी)
उक्त कार्यक्रममा वाचन गर्न सान्दर्भिक कविता मसँग नभएकोले अघिल्लो दिन मैले नयाँ कविता बनाउनु थालेँ । सामान्यतः दैनिक कम्तीमा आधा घण्टा लगाएर ५ दिनमा कविता बनाउने चलनको विपरीत दुई दिनको लामोलामो बसाइमा चारपाँच दफा खिप्दै तलकको कविता तयार पारेँ ।
‘राजदरबार’ बाट सङ्ग्रहालयमा रुपन्तरण
(अधिकार प्राप्ति मात्र नभई आर्थिक राहत)
राजपरिवारले ढलीमली गर्ने राजदरबारको साटो
सर्वसाधारणको खुट्टाहरूले टेक्ने र आँखाहरू डुल्ने
सङ्ग्रहालयमा परिणत भएकोमा
नारायणहिटीको टावर गर्वले शिर ठाडो पारिरहेको ।
नारायणहिटीदरबार सङ्ग्रहालयको प्रत्येक चीज
शताब्दीयौँ अघिबाट राजसंस्थाले रैती चुसेको दसी भएको ।
राजगद्धी उक्लने, राजमुकुट ओढ्ने र राजदण्ड अट्ठ्याउने जोसमा
र अपुताली सोहोर्ने लोभमा
क्रूरले साक्खे दाजु, भाइ, बैनी, भतिजा, भतिजी,
भाउजु र ज्वाँइलाई गोलीले भुटी सोतर पार्न लाएको
इतिहास सँगालेको, नारायणहिटीदरबारसङ्ग्रहालयले ।
त्यही सामूहिक हत्याकाण्डको दसी पुर्न
त्रिभुवनसदन ध्वस्त बनाएको, किर्ते राजाले ।
नारायणहिटी भू.पू. राजदरबारले
राजपरिवार पाल्न करोडौँ रुपियाँ खर्चाउनुको साटो
उल्टो करोडौँ रुपियाँ राजस्व आइन्दा जमाउने ।
बायाँबाट पूर्ण इन्फादा सभासद तारानारायण श्रेष्ठ, नारायणबाबु श्रेष्ठ, प्रतापराज वन्त, नन्दीश अधिकारी र अनिल शर्मा
नारायणहिटी दरबार सङ्ग्रहालयको मूल ढोका अघिल्तिरको राउन्डएबाउटनेर रोकिएर हेर्दा उक्त ढोकाको पूर्वी खम्बाको छतमुनि केही स्रष्टाहरू थुप्रिएका । जाज्वी (मेरी छोरी) लाई बोक्दै म त्यता लम्केँ ।
“रामेछाप साहित्यप्रतिष्ठान, जनतन्त्रको लागि सिर्जनाअभियान” लेखिएको रातो तुल उक्त ढोकाको सबभन्दा बाहिरी भाग (फलामे पाताको अजङ्ग ढोका) मा टाँगिएको ।
एउटा बेन्चलाई डेइसको रुपमा उभ्याएको । एनटिभिको जखमले मुभिक्यामरा नारिएको । माधव घिमिरेले गोष्ठी हाँक्नथाले । बेन्चमा अशोक सुवेदी, सभासद तारानारायण श्रेष्ठ, नारायणबाबु श्रेष्ठ, प्रतापराज वन्त, नन्दीश अधिकारी र अनिल शर्मा ‘विरही’ । श्रोता र सष्टाहरू कन्क्रेटको भुइँमा बसेका र उभिएका ।
यशोदा अधिकारीले ‘आमाको अन्तिम दिनहरू’ पुन्य गौतम ‘विश्वास’ले ‘आँसुको अभाव’ पूर्ण इन्फादाले ‘स्वप्न भङ्ग’, उमा मिश्रले ‘एउटा सिङ्गो मान्छे’, नवराज तिमिल्सिना ‘विश्वास’ ले ‘नारायणी,’ कुसुम ज्ञावलीले ‘ओ ! नयाँ हजुर,’ अम्बिका गजुरेलले ‘यात्रा जारी नै छ,’ सागर अधिकारीले ‘वर्षा आयो,’ मनोज ढकालले ‘एउटा जित,’ माधव घिमिरेले ‘होसियार हुनै पर्छ,’ सुशान्त अधिकारीले ‘तिम्रा ती सपनाहरू,’ उजिर राना मगरले ‘निषेधित कानुन,’ र ‘घोषणा,’ विनोदविक्रम केसीले ‘लेखाजोखा,’ विमला अधिकारीले ‘हर्कबढाइँ गर्ने दिन भएकै छैन,’ प्रकाश सिलवालले ‘आस्थाको उज्यालो,’ नेत्र न्यौपानेले ‘प्रसाद’, मात्रिका पोखरेलले ‘दिल्लीको मच्छरहरू,’ चेतनाथ धमलाले ‘किचकन्या,’ निर्भीक राईले ‘राजदरबारबाट सङ्ग्रहालयमा रुपान्तरण (अधिकारप्राप्ति मात्र नभई आर्थिक राहत), होमशङ्कर बाँस्तोलाले ‘जन्जिर पर्खाल,’ अशोक सुवेदीले ‘नयाँ समय र न्याय माग्नेहरू,’ अनिल शर्माले ‘मौसम वेश्यावेश्या लाग्न थालेको,’ गङ्गा श्रेष्ठले ‘अन्त्य’ र पूर्णविरामले ‘टोकरी बाहिरका फलहरू’ कविता र सुरबहादुर बल र केशर कालीकोटेले गीत पाठ गरे ।
गणतन्त्र घोषणा हुन अघि त्यही ढोका अघिल्तिर हिँड्दै गर्दा रोकिई दरबारतिर हेर्न खोज्दा सुरक्षाकर्मीले हप्काउन सक्थ्यो र निषेध गर्थ्यो भने त्यस बेला त्यसै ढोकाको खम्बाको भुइँमा एनटिभिको जखमले मुभिक्यामरा अघिल्तिर उभिएर क्यामराको माइक्रोफोनअघिल्तिर थुतुना राखी भू.पू. भए नि राजालाई तथानाम गाली गर्दै कवितामा डुुक्रने मौका पाउँदा नेपालमा गणतन्त्र लागेकै ठहरियो । उक्त ढोकाको भित्री भागमा वर्दीधारी जनपथप्रहरीहरू खडा थिए । श्रोता र स्रष्टाको हूलमा अर्को प्रहरी पनि काममा खटिएको र टावरमुन्तिरको दुवैतिर बन्दुकसँग खडा भएका वर्दीधारी नेपाली सेनाहरूको कानहरूले त्यस्ता गाली, आरोप र विरोध सुने पनि उनीहरू प्रतिकृयाहीन थिए । हुन त त्यतिखेर पूर्वराजा ज्ञानेन्द्रको विरोध गर्नु वा उनलाई गाली गर्नु भनेको ‘मरेको बाघको जुँगा उखेल्नु’ जस्तै निरर्थक थियो । वैरागी जेठा, मुकुन्द घिमिरे र गौरी दाहालले पनि आआफ्नो रचना सुनाए ।
बिनाजानकारी कार्यक्रम गरेको र उक्त कार्यक्रम लामो भएकोले बाधा पर्ने कुरा असिस्टेन्ट सबइन्सपेक्टरले गोष्ठीसंयोजकसँग अनुरोध गर्दै थिए । बाटो हिँड्नेहरू पनि रमिते र श्रोताको रुपमा थपिँदै गए । रामेछापबाट प्रतिनिधित्व गर्ने माओवादी महिला सभासदहरूको व्यक्तित्व गलौँचा बुन्ने केटीहरूको जत्तिको देखिएकोले मलाई टिठ लागिरहेको । उनीहरू साँच्चै सर्वहाराको प्रतिनिधिको रुपमा मैले देखेँ ।
२०६५ असार १५, जुन २००८

“रामेछापबाट प्रतिनिधित्व
“रामेछापबाट प्रतिनिधित्व गर्ने माओवादी महिला सभासदहरूको व्यक्तित्व गलौँचा बुन्ने केटीहरूको जत्तिको देखिएकोले मलाई टिठ लागिरहेको”
लेखक (?????) महोदयले के भन्न खोज्नु भएको ? के गलैचा कारखानामा परीश्रम् गरेर बाच्ने चाँही मान्छे हैन र ? उनिहरुको इज्जत छैन र ? चार बर्ष सम्म बिना काम राष्ट्रको सम्पत्ति पचाउने लाज शरम केही नभएका हुतिहारा सभासदहरु सँग एउटी परिश्रमी गलैचा श्रमिकको तुलना गर्न मिल्छ ? यि सभासद हरु भन्दा त बेश्याहरु सम्मानित् छन जसले बिना काम पैसा लिदैनन,