Skip to content

यहाँ हुनेको नै रेस्टुरेन्ट छ


यहाँ हुनेको नै रेस्टुरेन्ट छ, बार छ
म बाहेक सबैको सपना साकार छ

मेरी मनकी देवी बस्थिन पल्लो घरमा
हेर्न खोजेको त म भन्दा अग्लो पर्खाल छ

आफैँदेखि आफै दिगदार पो लाग्न थाल्यो
ऐनामा गई हेर्दा सुन्टी जस्तो आकार छ

जताततै महगीले ग्रस्त भयो यो देश
कसले सुन्छ नसुन्ने यौटा सरकार छ

केही गरी बसौ कि केही नगरिकन बसौ
बिबेकलाई आदेश दिन तिम्रो के दरकार छ ।

1 thought on “यहाँ हुनेको नै रेस्टुरेन्ट छ”

  1. बिबेक दुलाल क्षेत्री ज्यू को रेस्टोरेन्ट
    वाह!
    तिक्खो, मिठो
    वाह वाह

Leave a Reply to ठिस बुढा Cancel reply

Your email address will not be published. Required fields are marked *