Skip to content

पछाडिको ढोका


कुनै एउटा सानो शहरमा एकजना धार्मिक नेता दु:खी हुँदै भने – “हिजो मेरो मोटरसाइकल कहाँ हरायो होला ? कहाँ खोजुँ ?”

एकछिनपछि उनले टाउकोमा हात राखेर केही सम्झे झैँ गरी फेरि बर्बराए, “उफ्फ आज साँझमा पनि प्रबचन दिन जानु पर्ने छ कसरी पो जानु होला ?”

गुरुलाई दुखी भएको देखेर उनका चेलाले केही सान्त्वना दिन खोजे, ‘डन्ट वरी गुरु हजुर । किन यति धेरै चिन्ता लिइबक्सन्छ ? म छदै छु नि ! मेरो स्कुटर लिएर गइबक्से नि भइहाल्छ नि ! बरु यही बहानामा सम्झन पो कोसिस गरिबक्सने हो कि ! कहाँ छोडेर आइबक्सेको हो !‘

भोलिपल्ट चेलालाई स्कुटर फिर्ता गर्दा गुरु खुसी हुँदै भने, “तपाईंलाई धेरै धेरै धन्यवाद तपाइको आइडिया काम लाग्यो नि ! मैले मोटरसाइकल भेटें |”

“अहो ! ल बधाई छ हजुरलाई । कहाँ ?”

“हिजो म जतिखेर ‘अबैध सम्बन्ध र यसले पार्ने दुस्परिणाम’ बिषयमा प्रबचन दिइरहेको थिएँ | त्यही बेला मलाई सम्झना भयो | जुन दिन मोटरसाइकल हराएको थियो नि, त्यो दिन म अबेरसम्म रुपाको घरमा थिएँ | एकाएक उनको श्रीमान आउनाले पछाडिको ढोकाबाट निस्केर आउनु परेको थियो |”

लिला रिजाल

1 thought on “पछाडिको ढोका”

Leave a Reply to shantiram.dhakal Cancel reply

Your email address will not be published. Required fields are marked *