Skip to content

स्वर्ग जस्तो संसारमा

KomalPrasadBhatta-03


स्वर्ग जस्तो संसारमा, सीता जस्ती नारी
सुकोमल भावनामा, हाँस्थ्यो घर बारी

सुषमाको ज्योति आउने सधैँ मिर्मिरेमा
प्रभातिले नौलो किरण छर्थ्यो वारी पारी

ढकमक्क कुसुमले खुसी छायो दिलमा
हाँसी खुसि फैलिएका वन पाखा घारी

पूजा, पाठ, अर्चना र सद्भावना बाँड्दै
सद्प्रेमले भक्तिभाव हुन्थे मन कारी

सन्तोषले रमाउथ्यौँ सुख, शान्ति, घरमा
आपसमा माया प्रेम सबै सदा चारी

मगमग सौरभले बगैंचा नै ढाक्यो
सबै बस्थ्यौँ आनन्दले बिसाएर भारी

कोमल भट्ट, नैकाप काठमाडौँ ।
हाल:- न्युयोर्क, अमेरिका
October 31, 2012

2 thoughts on “स्वर्ग जस्तो संसारमा”

  1. प्रिय मझेरी डट कम !
    यो

    प्रिय मझेरी डट कम !
    यो अत्यन्तै स्नेह र सद्भाव प्रति हार्दिक आभार सहित धन्यबाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिकोलागि कामना गर्दछु l

  2. कोमलजी
    कोमलजी

    गजलको लागि धन्यवाद छ । पाल्दै गर्नुहोला !

Leave a Reply to ks Cancel reply

Your email address will not be published. Required fields are marked *