तिमी गएपछि पिउन आनन्द भो
एक्लै भएपछि जिउन आनन्द भो
छैन पिर चिन्ता न डर कसैको
फाटेको मन एक्लै सिउन आनन्द भो
छैन याद पनि न छ साथ कोही
आफैलाई बिर्सेर रुन आनन्द भो
गर्नु के के जस्तो मर्नु नै छ आखिर
दुइ पलको उराठ जीवन बिताउन आनन्द भो
तिमी गयौ या म गएँ यो दुनुयाँबाट
दुनियाँसँग बिदाई भ्याउन आनन्द भो
एक्लै भएपछि जिउन आनन्द भो
तिमी गएपछि पिउन आनन्द भो
