मलाई सबेरै निद्रादेवीले छडिन् र म ब्यूझिए । अनि आफ्नै दैनिक कार्यमा लागे । म आफ्नै दैनिक कार्यमा लागिरहेकी थिएँ, बाहिरबाट कसैले बोलाएको सुने, ‘को हुनुहन्छ घरमा ?’
म घरबाट बाहिर निस्किए । एउटा वृद्ध महिला, कपाल सेताम्य फुलेकी, उनलाई देख्दा आफ्नो पनको आभास हुन्थ्यो । उनको मुहारमा बिशेष किसिमको कान्ति थियो ।
मैले भने ‘किन बोलाउनु भएको आमा, केही काम थियो कि ?’
उनले लामो सास फेर्दै भनिन्, ‘घर जान भनी हिँडेको, यो उकालो चढ्दा साह्रै थकाई र तिर्खा लाग्यो, यसो पानी खान पाईन्छ कि भनेर नानी ?’
‘बस्नूस् न आमा, म पानि लिएर आउँछु’ भन्दै उनलाई पिंढीमा बसाले र म पानी लिन भित्र गए ।
मैले पानी लिएर आए अनि उनलाई खान दिए अनि सोधे ‘आमा यो उमेरमा यत्रो उकालो ओरालो गर्दै कहाँ गएर आउनुभएको ?’
त्यसपछि उनले भनिन्, ‘मेरा सन्तानले मलाई साह्रै दुख दिए नानी ?’
अनौठौ मुद्रामा मैले साधे ‘के गरे र आमा तपाईका सन्तानले त्यस्तो ?’
‘खै कसरी भनु मेरा सन्तानले मलाई साह्रै दुख दिए । सानैमासँग सँगै खेल्ने र एउटाबाट अर्को एक छिनलाई टाढा हुनुपरे रोईहाले मेरा सन्तान आज आपसमा लडिरहेका छन् । एउटाले अर्कोलाई चोट पुर्याएर रमाईरहेका छन्, यिनीहरूकै सदबुद्धि आओस भनि भगवानसँग प्राथना गर्दै चार धाम पुगेर आएँ नानी म त ।’
मैले सोधे ‘आमा तपाईको घर कहाँ हो र तपाईका सन्तान कति छन् ?’
उनले हातले देखाउदै भनिन् ‘उ त्यो हिमाल पारी हो मेरो घर । अनि मेरा त २ करोड ६० लाख भन्दा पनी धेरै सन्तान छन् ।’
फेरि मैले सोधे ‘तपाईलाई गाउँमा के भनी बोलाउछन्?’
‘नेपाल आमा भन्छन् नानी मलाई । ल त नानी म पनि जान्छु अब,’ भनिन् र जान लागिन् ।
मैले बोलाउन थालेँ, ‘आमा, नेपाल आमा,’ यति के भन्दै थिएँ म कहीँबाट तल खसेँ ।
यसो हेर्छु त खाटबाट भुईमा खसेकी रहेछु । अनि पो मलाई आभाष भयो, यो त सपना पो रहेछ । ओहो ! यो कस्तो सपना ?
सपना खनाल, भैरहवा

Thanks
मेरी बहिनीले देखेको यो सपना सबैलाई आउने गर्छ तर, कसैले याद नै गर्दैन!याद गर्नु र लेख मा उतार्नु भयो स- धन्यवाद !! आगामी दिन लाई पनि यस्तै यस्तै नेपाल आमा को सपना लियर आउनु होला है !!