Skip to content

जीत उनको भयो

  • by


रङ्गशाला मेरो थियो जीत उनको भयो
बाजी मारे मैले कति जीत उनको भयो ।

जितें सम्झी हौसियर अबिरजात्रा गरें
हार मान्दै बसेपनि जीत उनको भयो ।

तारा टिपी माला उन्ने धोको थियो मेरो,
सयपत्री माला गासीन जीत उनको भयो ।

तड्पिएर विरहमा मैले आँसु कति झारें,
मनको आवाज सुनी सुनी जीत उनको भयो ।

लजार लुकी उनी टाढा हुदै बसी रहिन
एउटा गल्ती मेरो भेट्दा जीत उनको भयो ।

सुरज गिरी (कावासोती, नवलपरासी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *