मलाई खुवाई आधा पेट खाइथिन मेरी आमा
ठूलो मान्छे बनोस छोरा भन्दै पढ्न लेखाउन
साहुजनको मेला पात धाइथिन मेरी आमा
मलाई खुवाई आधा पेट खाइथिन मेरी आमा
सधै मेरो खुसी हेर्ने तातो चिसो छ कि छैन
आफू भने एक सरो लाइथिन मेरी आमा
साहुजनको मेला पात धाइथिन मेरी आमा
दुःख गर्दै उकाली र ओरालीमा हिड्दा खेरी
आँशु चुवाई पीडाका गीत गाइथिन मेरी आमा
मलाई खुवाई आधा पेट खाइथिन मेरी आमा
तपाईको छोरा निर्भिक नारायण
