आउँछु म छिट्टै अब तिमी किन रुन्छौ कान्छी ?
हेरि बस मेरो बाटो मलिन किन हुन्छौ कान्छी ?
तिम्रै थिएँ हिजो अस्ति आज पनि तिम्रै हुँ म
भड्काउने तिन्का कुरा मन्मा किन गुन्छौ कान्छी ?
कान लग्यो कागले भन्दा कान पहिले छाम तिमी
बेकारमा नचाहिने कुरा किन सुन्छौ कान्छी ?
यो त मलाई थाहै छ नि माया गर्छौ असाध्यै
उर्लि आउने मायाको त्यो भेल् किन थुन्छौ कान्छी ?
सम्झ बुझ मेरो कुरा आत्मसाथ गरेपछि
सोचेको छु आफ्नो लागि सप्नाहरू बुन्छौ कान्छी
राजेश रुम्बा लामा ‘अतृप्त’