सप्ना देखेँ आज राति उनको जस्तै मैले
मुहार देखेँ बलेको त्यो जूनको जस्तै मैले
कता कता पुगेछु म निर्जन देख्थेँ वन
सुनेँ सँगीत झरनाको धुनको जस्तै मैले
जित्नु थियो विश्वास उनको हरेक तवरबाट
हुन चाहेँ इमान्दार नूनको जस्तै मैले
समर्पित हुन खोजेँ स्वच्छ मनले रोजेँ
चोखो राखेँ माया मेरो सुनको जस्तै मैले
रगताम्य क्षितिज हुँदा हाँलेँ सिन्दुर शिरमा
गाढा रहोस सिन्दुर सोचेँ खुनको जस्तै मैले ।
राजेश रुम्बा लामा’अतृप्त’
