फूल गयो झरेर, तर काँडा रहिरह्यो
काँडाजस्तो तिम्रो माया किन बिझाइरह्यो
पहिलो मिलन कति प्यारो कति मीठो थियो
पलपलको पर्खाइमा मायाको आभास थियो
खोलानाला, वनपाखा, देउरालीमा खेलेकाथ्यौं
मलाई चोट लाग्दा तिमी आँसु झारी रोएकाथ्यौ
माया तिमी परपर किन पर भइदियौ
भूल मेरो के थियो र मलाई बिर्सिदियौ
मायालाई खेल सम्झी एक्लो मलाई पारेर
टाढा–टाढा धेरै टाढा नदेखिने भइगयौ ।
आनन्दरत्न बज्राचार्य
काठमाडौं
मधुपर्क २०६९ बैशाख
