Skip to content


सुन्नेलाई सुनको माला, भन्दिनेलाई फूलको माला
धोका दिए हाम्रो माया विरानो नै भै कहाँ जाला
मरिजाला झरिजाला हेर्दा हेर्दै बिलाई जाला

सुकी जाला हिउँदमा खहरे सुके झैं
लुकी जाला धर्तीभित्रै सेती लुके झैं
फर्कंदैन कैले पनि घाम अस्ताउँदा छायाँ
हराउँछ कि कुनै दिन त संसारबाटै माया

धेरै छोटो नाता मनको छिनेपछि जोडिंदैन
हार्नेले हार नखाई जित्नेको जितै हुन्न
बग्दैन कैले पनि दुई नदी एकै ठाउँ
सबै कुरा भत्केपछि बनाउन कहाँ जाऊँ

शब्द – आनन्द अधिकारी
स्वर – ईश्वर आमात्य
संगीत – आलोकश्री
एल्बम – छायाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *