Skip to content

जब जब स्यालहरू


जब जब स्यालहरू बाघ हुन थाल्छ
त्यसैको चै बजारमा माग हुन थाल्छ

हराउछन सुन्दरता, मासिन्छन सबै
हरेक एकको चरित्रमा दाग हुन थाल्छ
त्यसैको चै बजारमा माग हुन थाल्छ

देख्यौ तिमीले तरुनिको लाइन कत्ति
अब निर्जल पनि आनुरग हुन थाल्छ
त्यसैको चै बजारमा माग हुन थाल्छ

भित्री गुण हेर्ने फुर्सद कस्लाई यहाँ?
कोइलीभन्दा राम्रो काग हुन थाल्छ
त्यसैको चै बजारमा माग हुन थाल्छ

अस्तित्व त सजिलै किन्न पाइयो रे
मुल्यबान चै मुलको साग हुन थाल्छ
जब जब स्यालहरू बाघ हुन थाल्छ
त्यसैको चै बजारमा माग हुन थाल्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *