Skip to content


यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले

मेरो जस्तो माया दिने तिमीलाई हजार होला
तिम्रो लागि मेराजस्ता हजार हजार मुटु रोला
जसलाई आफ्नो सम्झेको थें उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले

मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस
मेरो इच्छा मारिजाने तिम्रो इच्छा सधै पुगोस
उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले
कसैलाई माया गर्नु एउटा भुल गरे मैले

शब्द – यादव खरेल
स्वर – फत्तेमान
संगीत – नातीकाजी
एल्बम – यस्तो पनि हुँदो रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *