आजभोलि उन्को न्यानो प्यारो साथ छ
खानलाई ताजा मिठो तातो भात छ
प्रवासमा अभाव थ्यो ममताको
यति गर्छे माया ऐले खातैखात छ
भीडभाडमा आज भोलि जति लडुँ
उठाउन उन्को आफ्नै सुन्दर् हात छ
जब हुन्छु नजिक् उस्को नशा लाग्छ
बोलीले नै ढाल्न सक्ने कस्तो मात छ
दिनभरि त व्यस्त हुन्छु कामकाजमा
हाँसी-हाँसी बिताउन पुरै रात छ
राजेश रुम्बा लामा ‘अतृप्त’
हाल चितवन