संकुचित विचार त्यागी खुल्ला आकाश हेर्ने गर
उदण्डता आफ्नो सबै बोधित्वले घेर्ने गर
कुनै बेला जित्न खोज्ला अविवेकी मन्ले
नफुस्किने गरी त्यो नियमले बेर्ने गर
सेवा नै धर्म हो भन्ने आस्था जगाई मन्मा
नमेटिने स्वर्ण अक्षर पन्नामा केर्ने गर
घमण्डले चुर्ण हुदाँ मपाईँत्व हावी होला
घमण्डको घाँटी तिमी विचारले सेर्ने गर
राजेश रुम्बा लामा ‘अतृप्त’
