Skip to content

संसारलाई छोड्नै पर्छ


संसारलाई छोड्नै पर्छ किन बेइमानी
सेतो कात्रो ओढ्नै पर्छ किन बेइमानी

छोटो हाम्रो जिन्दगानी मरिजाने चोला
यात्रा अन्त मोड्नै पर्छ किन बेइमानी

बाँचुन्जेल हो तेरो मेरो मरेपछि छैन
नाता गोता तोड्नै पर्छ किन बेइमानी

सँगै जान्छन दुइटा कुरा सुधर्म र पाप
मुक्ति मार्ग जोड्नै पर्छ किन बेइमानी

जीवनरुपी बगैँचामा फोहर, मैला, झाश
सफा पारी गोड्नै पर्छ किन बेइमानी

कोमल भट्ट,
नैकाप काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका

1 thought on “संसारलाई छोड्नै पर्छ”

  1. प्रिय मझेरी डट कम,
    अत्यन्तै

    प्रिय मझेरी डट कम,
    अत्यन्तै स्नेहपूर्वक मेरो रचना प्रकाशित गरिदिनु भएकोमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l
    कोमल भट्ट,न्युयोर्क

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *