माया जालमा कसैलाई पार्नेछु म चौधै गते
पिरतीले जिन्दगीलाई बार्नेछु म चौधै गते
धरै नै छन् माया गरी दोधारमा पार्नेहरू
प्रेम् प्रस्ताब आफै अघि सार्नेछू म चौधै गते
बुझेपछि माया प्रेम बदलियो सोच बिचार
पैलो चोटी उन्को सामु हार्नेछू म चौधै गते
एक्लै भो रमेशे त भन्नेहरू हेर्नु होला
हात् समाई आँधीखोला तार्नेछु म चौधै गते
रमेश प्रसाद अर्याल (स्याङ्गजाली रमेश)
अर्जुनचौपारी ४
हाल – ‘मरुभूमिको छाती’बाट
