Skip to content


यस्तै रहेछ यहाँको चलन
हार्नेको आँसु जित्नेको हाँसो
मेरो छैन केही तिमीलाई गुनासो

तिम्रो लागि दुई दिनको रमझम रमझम
मेरो उमेरभरिको नासो भो
तिमीले खेलेको मायाको खेल नै
मेरो जीवन-मरणको पासो भो

किन मेरो गर्यौ यसरी बदनाम बदनाम
मेरो माया सडकको चासो भो
तिमीमाथिको विश्वासले नै
आज संसारभरिको हाँसो भो

शब्द – यादव खरेल
स्वर – अमर तण्डुकार/देविका प्रधान
संगीत‍ – सम्भुजित बासकोटा
एल्बम – यहाँको चलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *