Skip to content

फूलको हासो तिमी राख्नु


फूलको हासो तिमी राख्नु काँडा दिनु मलाई
कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

फूलसगै तिमी हाँस्नु बगैचाको माझ
चन्द्ररुपी मुहारमा नलागोस कहीँ दाग
जून पनि तिमी राख्नु तारा दिनु मलाई
कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

तिमी रैछौ काँडेतार म मक्खिएको धागो
टुक्रिएर खस्दा छैन समाउने हाँगो
शितल तिमी चौतारी हौ आगोको म पोलाई
कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

घायलश्री
पर्वत 9847712474
हाल – म्याग्दी

1 thought on “फूलको हासो तिमी राख्नु”

  1. Uttam rachana,pragatiko
    Uttam rachana,pragatiko suvkamna.

    फूलको हासो तिमी राख्नु काँडा दिनु मलाई
    कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

    फूलसगै तिमी हाँस्नु बगैचाको माझ
    चन्द्ररुपी मुहारमा नलागोस कहीँ दाग
    जून पनि तिमी राख्नु तारा दिनु मलाई
    कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

    तिमी रैछौ काँडेतार म मक्खिएको धागो
    टुक्रिएर खस्दा छैन समाउने हाँगो
    शितल तिमी चौतारी हौ आगोको म पोलाई
    कागज रैछ मेरो जीवन कोरिदिनु सलाई

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *