देखेर नि बाटो काटी किन हिन्छौ लाटी
मेरो मुटु अर्कैलाई किन दिन्छौ लाटी
आफ्नो पराइ पराइ आफ्नो भन्ने सुनेको थें
भुल्दै गाउँले परदेशीलाई किन चिन्छौ लाटी
संगै संगै यात्रा गर्ने सपना थियो हाम्रो
अर्कैको उपहार व्यर्थै किन लिन्छौ लाटी
माया प्रेम धन सम्पति खै कसरि तुलना गर्यौ
माया हो जीवन धनमा किन किन्छौ लाटी
