Skip to content

कानून र उपचार

  • by
SujanBudhathoki

विश्वभर सोझासाधा र निमुखाहरुको
घरमा अपराधी आएर
अनि उनीहरुलाई सताएपछि ।

नरपिपासु झै गरेर,
मान्छेहरुलाई मारेर
उनीहरुको मासु खाएपछि ।

र तिनै भयङ्गकर आतङ्ककारीको डरले
जब कमाण्डरहरुले आफ्नो हातलाई आत्मसमर्पण गरे
र कानूनले पनि आत्मसमर्पण गरे ।

भन्यो कि अब हामी सक्दिनौं ।
त्यो अपराधी हामीभन्दा पनि बलवान छ
र त्यो सँग लड्न
अब हामीसँग कुनै हतियार नै छैन ।

हरेक रातदिन
र साँझ बिहान
त्यो खुङ्गखार तालिवान
आधी तुफान भएर आइरह्यो
अनि यो सारा संसारलाई सताइरह्यो
र मान्छेका
घरहरुमा दिनहुँ बन्दुक पड्काइरह्यो ।

तर, इन्सपेक्टर भन्छ साला फरार अभियुक्तले
बाटोमा एउटा पनि सबुत छाडेनछ
अब, त्यो गुनेगारलाई कसरी गिरफ्तार गर्नु ?
जसलाई सजाय दिनलाई यहाँ कुनै प्रुफ नै छैन!

सरकार यदि हजार लाख र करौडौ
जन्ताहरुको ज्यान जोगिन्छ भने
यो संसारमा
युद्धदर्शनका आधारमा
मेरो विचारमा
पापिलाई मार्नु
र त्यो पनि एउटा महान धर्म नै हो ।

कानून !आम पीडितहरुको आवाज हो
यो सबुत
शब्द !
यसैले उसले गरेको कसुर यहाँ प्रमाठित छ
यसैले त्यसलाई मार्नु बाहेक
यहाँ अर्को कुनै
बिकल्प छ जस्तो मलाई लाग्दैन।

अन्तर्राष्ट्रिय कानून लाचार भएपछि
यो कठोर कानून पनि कमजोर साबित भएदेखि
र बौलाएको एउटा
जनावारलाई गोली ठोकेर मार्न नसकेपछि

हो त्यसैदिनबाट
पीडितहरुको राहतका लागि
पीडितको उद्दार
अनि हक अधिकार
र आत्मरछ्याका लागि
हरेक रात
जीवन जोगाउनलाई
मन बल बढाउनलाई

एउटा रछ्यक पठाइयो
अनि खटाइयो
एउटा बहादुर शैन्य शक्तिलाई
र हरेकका घरहरू घराउ गरियो ।

र घायल भएर थुरथुर कापिरहेको
उनीहरू दिलमा सन्त्वनाहरुको
मलम लगाइयो
अनि गरियो उद्दार उनीहरुको
र गरियो उपचार उनीहरुको।

कोरोनाको दबाइको
आबिस्कार नभएपछि,

डाक्टर यो लडाइमा
दबिएका आम पीडित मान्छेहरुको
इम्युनिटी पावर बडाएरै भएपनि
धन्य बचाइयो सङ्गक्रमितहरुलाइ।

इन्सपेक्टर सबुतप्रमाण नभेटिएको
दिनदेखि
मैले अहिले यस्तो सोचिरहेछु आखिर
तिम्रो कानूनले कहिले गर्छ
त्यो नामुद गुनेगारलाई गिराफ्तार
र जिन्दगीभर कारागारमा
त्यो आफै तड्पिएर मर्छ!

र त्यसलाई मारेका मान्छेका परिवारहरुले
बद्लाभावहरुका लागि
उसैगरी खाल्डो खन्छ

जसरी अकाल मारिएको थियो पैला
अनि उनीहरुलाई र गाडीएको थियो
त्यसैगरी ।

सरकार हो यसरी नै अनि
यो देशमा त्यस्तो विधान कहिले आउँछ
र दिलाउँछ
अधिकार पीडितहरुलाई

विश्वविज्ञान कहिले आउँछ ?
कोरोना भाइरसको दबाइ
र बचाउँछ
संसारभरिका सारा बिरामीहरुलाइ!!

✍️ बिद्रोही कवि सुजन बुढाथोकी
मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *