जीवनका सारा दु:ख र पीडा गनेर हेर्दैछु
आकाशमा छ कि ? धर्तीमा खुशी खनेर हेर्दैछु
नयनले बोल्दा मनका कुरा बुझेन उसले,
थर्थराई ओठ फुकाई धक भनेर हेर्दैछु
शुन्यतामा छु म पवन सरि भावना बिहीन,
सम्झी तिमी लेख्न गजल गित कनेर हेर्दैछु
मन्को शान्ति खोज्दा पागल सरी पाइन कतै नि!
आज घरै त्यागी सन्यासी, जोगी बनेर हेर्दैछु
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल- दक्षिण कोरिया
