Skip to content

शीतको थोपा उडिगयो

  • by


शीतको थोपा उडिगयो बिहानीको घामसँगै
मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै

बोटहरू नाङगा भए बाग फेरि उजाड भयो
फुलेका ती फुलहरू झरी गए यामसँगै

मलाई कायल बनाइसके रोइरोइ यी आँखाले
तिमीलाई खोज्ने आँखा पठाइ दिऊँ कि खामसँगै

जिन्दगीको एक्लै यात्रा धेरै लामो हुँदो रहेछ
रोकी दिउँ कि आफैलाई एउटा पूर्ण बिरामसँगै

हुलैबाट टाढा हुन मन लाग्छ कहिले कही
तर पनि लग्नै पर्ने मानिसका लामसँगै

करण सिंह
दार्चुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *